प्रदेश २ का मन्त्री राय बर्खास्त

न्युजलय ३० कार्तिक २०७८, मङ्गलबार ०९:३६ मा प्रकाशित

जनकपुरधाम । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय पदमुक्त भएका छन्।

मुख्यमन्त्री लालबाबु राउतले उनलाई पदमुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएका छन्।

प्रदेश प्रमुखको कार्यालयका उपसचिव होम प्रसाद घिमिरेले मंगलबार दिउँसो मन्त्री रायलाई पदमुक्त गरेको पत्र प्राप्त भएको जानकारी दिए।

मुख्यमन्त्री राउतले संविधानको धारा १६९ को उपधारा ३ को खण्ड ख बमोजिम उनलाई पदमुक्त गरेका छन्। मुख्यमन्त्रीले उनीसँग राजीनामा माग गरे पनि रायले राजीनामा दिएका थिएनन्।

नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन उनलाई बर्खास्त गरिएको हो। रायले आफ्नो मन्त्री पद बचाउनकै लागि महन्थ ठाकुरको साथ छाडेका थिए।