राष्ट्रपति पौडेलले भाउजु विष्णुमायाको हातबाट टीका लगाउने

न्युजलय ७ कार्तिक २०८०, मङ्गलबार ०१:४२ मा प्रकाशित

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजु विष्णुमाया पौडेलको हातबाट यसवर्षको दशैँको टीका लगाउने भएका छन् ।


पौडेलले बिहान ११ बजेर २ मिनेटको साइतमा भाउजु विष्णुमायाको हातबाट टीका–जमरा र आशीर्वाद लिने तय भएको हो । 


राष्ट्रपति पौडेलले टीका लाईसके पछि परिवारका सदस्यहरूलाई टीका लगाइदिने कार्यक्रम छ । विजया दशमीको दिन राष्ट्रपतिले सर्वसाधारण तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई समेत टीका लगाइदिने कार्यक्रम पनि छ ।


शीतल निवासमा दिउँसो २ देखि ३ बजेसम्म विशिष्ट र ३ देखि ५ बजेसम्म अन्य सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम छ । सचिवालयलका अनुसार सर्वसाधारणलाई टीका लगाउन राष्ट्रपति भवनको मूल ढोकामा सहजरूपमा प्रवेशको व्यवस्था गरिनेछ । टीका ग्रहणका लागि मर्यादित पोसाकमा आउन शीतल निवासको अनुरोध छ ।