२५४ संक्रमित थपिए, एकजनाको मृत्यु

न्युजलय २६ मङ्सिर २०७८, आइतबार ०९:३५ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २५४ जना कोरोना संक्रमित थपिएका छन् । ८ हजार ६८२ वटा नमुना परीक्षण गर्दा २५४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो चौबिस घण्टामा १ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५५४ पुगेको छ । 

पछिल्लो चौबीस घण्टामा २३४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ८९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।