जाजरकोटको जुनिचाँदेमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, नौ जना घाइते

न्युजलय २७ जेठ २०७९, शुक्रबार ०४:१३ मा प्रकाशित

जाजरकोट । जाजरकोटको जुनिचाँदे–५ मा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

दुर्घटनामा ९ जना घाइते भएका छन् । शुक्रबार (आज) बिहान जुनिचाँदे–५ गर्खाकोटबाट सुर्खेत जाँदै गरेको क ०२–००१ च ०३४१ नम्बरको जिप वडा कार्यालय नजिकको बलेपुइनामा दुर्घटना भएको हो । 

जिप सडकबाट करिब २ सय मिटर तल खोलामा खसेको बताइएको छ । यसैबीच, गृहमन्त्री बालकृष्ण खाँणले जिप दुर्घटनामा गम्भीर घाइतेको हेलिकोप्टरबाट उद्धार गरी उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।