विराटनगर । कोसी प्रदेशसभाको आजको बैठकमा जसपा अनुपस्थित भएको छ।
बिहीबार मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूचि भए पनि नेकपा एमालेले सदनमा विश्वासको मत माग्ने क्रममा अर्थ मन्त्रालय लगायतका विविध विषयमा कुरा उठेकाले त्यसको तयारी गरेर शुक्रबार विश्वासको मत लिने माग गरेपछि बैठक स्थगित भएको थियो।
प्रदेशसभाका सभामुख बाबुराम गौतमले विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलमा उठेका विषयमा जवाफ दिन मुख्यमन्त्रीलाई समय दिएका छन्। अहिले मुख्यमन्त्रीले जवाफ दिने क्रम जारी छ। उनले जवाफ दिइसकेपछि मत विभाजन हुनेछ।
तर, निर्णायक मत रहेको जसपाकी प्रदेशसभा सदस्य निर्मला लिम्बू बैठकमा अनुपस्थित भएकी छन्। प्रदेशिभामा लिम्बू एक्ली सांसद हुन्।
उनले गत पुस २४ गते एमाले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरेकी थिइन। लिम्बू यसअघि स्वास्थ्यमन्त्री थिइन्। उनले जेठ १७ गते मन्त्री पदबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकी थिइन्।