यस्तो छ आजको मौसम पूर्वानुमान

न्युजलय १५ पुस २०७८, बिहिबार ०१:१४ मा प्रकाशित

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशभरको मौसमी अवस्थामा फेरबदल आइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएका छ । 


महाशाखाका अनुसार अहिले देशभर आंशिक देखि सामान्य बदली रहि थोरै स्थानमा वर्षा भैरहेको छ । यसैगरि उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानामा हल्का हिमपात भइरहेको विभागले जनाएको छ । 


आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागको थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ ।


आज राति देशको पहाडी भू–भागमा आंशिकदेखी सामान्य बदली  र बाँकी भू–भागमा आंशिक बदली  रहनेछ । प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।