काठमाडौं । पशुपतिनाथ मन्दिरको गजुरमा रहेको छत्रावली चोइटिएको छ । छत्रावली चोइटिनुलाई संस्कृतिविद्ले अशुभको संकेत मानेका छन् ।
गजुरसँग दायाँबायाँ रहेको पाता छत्रावली हो । यसमा सुनको जलप लगाइएको हुन्छ ।
छत्रावली पुरानो भएको र बाँदरहरूले चलाइरहने भएकाले चोइटिएको हुनसक्ने पशुपति क्षेत्र विकास कोषको भनाइ छ । अहिले खट बाँधेर माथि पुगी बाँधेर अड्काउने काम भएको छ ।
मन्दिरको छानोबाट खसेर भक्तजनलाई कुनै चोटपटक नलागोस् भनेर सम्पूर्ण सुरक्षा अपनाइएको बताइएको छ । खट बाँधेर माथि पुग्नका लागि कोषका तर्फबाट क्षमा पूजा गरिएको थियो ।
एक साताअघि चोइटिएको छत्रावलीलाई मर्मत गर्नका लागि कोषले पुरातत्व विभाग र गुठी संस्थानलाई पत्राचार गरेको थियो ।