थप २ हजार ५२६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

न्युजलय २१ माघ २०७८, शुक्रबार ०९:१३ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार(आज) दिएको जानकारी अनुसार ६ हजार ६५५ पीसीआर र ४ हजार ४१८ एन्टिजेन गरि ११ हजार ७३ जनाको परीक्षण गर्दा २ हजार ५ सय २६ जनामा संक्रमण पुष्टि भएको हो। 

सो अवधिमा कोरोनाका कारण १६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।