अब अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले सम्हाल्ने

न्युजलय २३ असार २०७९, बिहिबार ०२:४० मा प्रकाशित

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि अर्थ मन्त्रालयको जिम्मेवारी अब प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने भएका छन् । 


राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले अर्थ मन्त्रालयको जिम्मेवारी आफै सम्हाल्ने जानकारी गराएको हो ।


बुधबार प्रतिनिधि सभामा अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।