९८ दिनको निरन्तर उपचारपछि आज डिस्चार्ज हुँदै पूर्वमन्त्री वर्षमान पुन

न्युजलय २० पुस २०७८, मङ्गलबार ०४:५८ मा प्रकाशित

काठमाण्डौ । चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ आज अस्तालबाट डिस्चार्ज हुने भएका छन्। 

चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराइरहेका नेता पुन आज डिस्चार्ज हुने भएका हुन्। तर उनी चार दिनपछि मात्र स्वदेश आइपुग्नेछन्। 

उनको सचिवालय स्रोतका अनुसार डिस्चार्ज भए पनि दुई दिन उनी त्यही अस्पतालमा आराम गर्नेछन्।  योसँगै थाइल्यान्ड र चीनमा गरी ९८ दिन लामो उपचारपछि उनी अस्पतालबाट बिदा हुन लागेका हुन्।