काठमाडौं । नेता हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गरेका छन् ।
मंगलबार(आज) राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनले ‘जनता प्रगतिशील पार्टी नेपाल’ घोषणा गरेका हुन् ।
सो पार्टीमा त्रिपाठीको संयोजक त्रिपाठी नै रहेका छन् । नयाँ पार्टी घोषणा गरे पनि संरचना निर्माणमा केही समय लाग्ने उनले बताए । आज नाम, झण्डा र घोषणापत्र सार्वजनिक भएको हो ।