रक्षामन्त्रीबाट राजीनामा दिएका डा.रिजाल अब स्वास्थ्य सेवामा सक्रिय हुने

न्युजलय २ पुस २०७८, शुक्रबार ०१:३६ मा प्रकाशित

काठमाडौं । रक्षामन्त्रीबाट राजीनामा दिएका डा.मिनेन्द्र रिजाल पुण्यश्री प्रतिष्ठानमार्फत स्वास्थ्य सेवामा सक्रिय हुने भएका छन् ।


मोरङ्ग क्षेत्र नं २ का नागरिकको स्वास्थ्य उपचारमा प्रयोग गर्न पाउने गरी ५० लाख रूपैयाँ अनुदान दिँदै पुण्यश्री प्रतिष्ठान सुरू गर्ने उनको निर्णय छ ।


मोरङ्ग क्षेत्र नं २ का नागरिकले गुन लगाएकाले त्यहाँका नागरिकको स्वास्थ्य उपचारमा प्रयोग गर्नेगरी डा.रिजालले ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेर प्रतिष्ठानमार्फत स्वास्थ्य सेवामा सक्रिय हुने भएका हुन् । कांग्रेस महामन्त्रीमा पराजित भएपछि डा.रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएर स्वास्थ्य सेवामा लाग्ने निष्कर्षमा पुगेको जनाएका छन् ।