कोरोनाको खतरनाक भेरियन्ट फैलिँदै, भारत र बेलायतले लगायो उडानमा प्रतिबन्ध, न्यूयोर्कमा संकटकाल

न्युजलय ११ मङ्सिर २०७८, शनिवार ०४:४० मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरिएन्ट फेरी फैलन थालेको छ । दक्षिण अफ्रिकामा कोरोनाको अहिलेसम्मकै खतरनाक भेरियन्ट फैलिएको हो । त्यहाँ फैलिएको कोरोना भाइरस निकै घातक रहेको र अहिलेसम्मको खोपले समेत रोक्न नसक्ने वैज्ञानिकहरुले पुष्टि गरेका छन् । 

दक्षिण अफ्रिकामा संक्रमण पुष्टि भएको ओमाइक्रोन भेरिएन्टलाई विश्व स्वास्थ्य संगठनले भेरिएन्ट अफ कन्सर्नको सूचीमा राखेपछि भारत, बेलायतजस्ता देशले दक्षिण अफ्रिका उडानमा प्रतिबन्ध लगाएका छन् । 

मोदीले नयाँ भेरिएन्टविरुद्ध मास्क लगाउने, सामाजिक दूरी पालना गर्ने र कोभिड मापदण्डलाई फलो गर्ने सुरक्षात्मक उपाय अवलम्वन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्देशन दिएका छन् । ्

भारतले दक्षिण अफ्रिका, बोत्स्वाना र हङकङलाई रेड लिस्टमा राखेको छ भने यही गन्तव्यबाट ७५ प्रतिशत उडानलाई मात्र अनुमति दिइने भएको छ । दिल्ली मुख्यमन्त्री अरविन्द केजरीवालले पनि नयाँ भेरिएन्ट संक्रमण पुष्टि भएका मुलुकसँग हुने उडानलाई रोक्न माग गरेका छन् ।

यता अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको लगायतका कारणले संकटकाल लगाउनु परेको उनले स्पष्ट पारेका छन् ।

संकटकाल आगामी सन् २०२२ को जनवरी १५ सम्म लागू हुने र आवश्यकता अनुसार लम्बिन पनि सक्ने उनले स्पष्ट पारेका छन् ।

शुक्रबार बेलुका निर्देशन जारी गर्दै उनले संकटकाल लागू गरेसँगै अस्पतालको क्षमता बृद्धिमा पनि सरकारले काम गर्ने जानकारी दिए । त्यसैगरी खोपको प्रयोगलाई पनि विस्तार तथा वृद्धि गर्ने उनको भनाइ छ ।

यता अष्ट्रेलियाले पनि दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ संस्करण भित्रिन नदिनका लागि नाकाबन्दी गर्न सक्ने जनाएको छ ।

अष्ट्रेलियाका स्वास्थ्य मन्त्री जर्ज हन्टले नयाँ संस्करणको कोरोनाभाइरसको बारेमा अध्ययन भइरहेको र विज्ञ तथा सरोकारवालाहरुको सुझावका आधारमा सिमानामा आवात जावतका बारेमा निर्णय गरिने स्पष्ट पारे ।