देशभर घरजग्गा कारोबार बढ्दै

न्युजलय १७ असार २०८१, सोमबार ०६:३५ मा प्रकाशित

काठमाडौँ । पछिल्लो समय देशभर घरजग्गा कारोबार बढ्दै गएको तथ्याङ्कले देखाएको छ । विशेष गरी कोशी, सुदूरपश्चिम र गण्डकी प्रदेशमा घरजग्गा कारोबार बढेको तथ्याङ्कमा उल्लेख छ ।  

नेपाल राष्ट्र बैंकको अध्ययनले पछिल्लो समय घरजग्गाको कारोबार बढ्न थालेको देखाएको हो । कोशी प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययनले घरजग्गा रजिस्ट्रेसन सङ्ख्या ३२.९ प्रतिशतले बढेको देखाएको छ । आर्थिक वर्ष  २०८०–८१ अर्धवार्षिक प्रतिवेदनले घरजग्गा कारोबार बढेको देखाएको हो ।

घरजग्गाको कारोबारमा वृद्धि भएसँगै मालपोत कार्यालयमा रजिस्ट्रेसन गर्नेको सङ्ख्या पनि बढेको हो । यो अवधिमा सरकारले १ अर्ब १९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । 

तर अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्वमा ५५ प्रतिशतले कमी भई १ अर्ब ३ करोड रुपैयाँ मात्रै राजस्व परिचालन भएको थियो ।