राप्रपाको अध्यक्षमा थापा र लिङ्देन भिड्दै

न्युजलय १४ मङ्सिर २०७८, मङ्गलबार ०८:२८ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा अध्यक्षका लागि नेता कमल थापा र राजेन्द्र लिङ्देन भिड्ने भएका छन् । राप्रपाको महाधिवेशन यही मंसिर १५ देखि १७ सम्म काठमाडौंमा हुँदै छ ।


बिहीबार अध्यक्षका लागि लिङ्देनले उम्मेदवारी दिने घोषणा गरेका थिए भने सोमबार थापाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । पटक–पटक फुट्दै–जुट्दै आएको राप्रपामा अहिले कमल थापा, पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी अध्यक्ष छन् । नेपालगन्जका मेयरसमेत रहेका नेता धवलशमशेर राणाको समर्थनमा लिङ्देनले उम्मेदवारी घोषणा कार्यक्रममा लिङ्देनले अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीलाई बन्धक बनाएर राखेको भन्दै उम्मेदवारी घोषणा गरेपछि अध्यक्ष थापाले सोमबार उम्मेदवारी घोषणा गरेका हुन् । जसले यो पार्टीलाई रगत पसिना दिए, ती नेतालाई असफल भए भन्न मिल्दैन भन्दै उनले एक(दुईपटक चुनाव जित्दैमा लोकप्रिय नभइने पनि बताएका थिए ।

 

उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्ष थापाले मंसिर १५ गतेदेखि हुने ऐतिहासिक एकता महाधिवेशनबाट पार्टी फुट्ने र टुट्ने तीतो अनुभवको शृंखला नदोहोरिने पनि बताए ।