इटहरी । सुनसरीको इटहरी उपमहानगपालिका ३ भित्री सडक खण्ड स्थितमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मंगलबार बेलुका ९ बजे उत्तरबाट दक्षिणतर्फ आउदै गरेको कोशी ३१ प. ६९४८ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट जादै गरेको कोशी २१ प. ६४३१ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि घाइते भएका मोटरसाईकलमा पछाडी सवार महालक्ष्मी नगरपालिका ८ धनकुटाका २६ बर्षीय दिपक मिरिङचिङ मगरको उपचारको क्रममा घोपा धरानमा मृत्यु भएको हो ।
अन्य तीन जना घाइते भएका छन् । घाइते मध्ये इटहरी ३ का ३० बर्षीय सागर तामाङको सोही अस्पतालमा उपचार भईरहेको छ भने अन्य घाईते मोरङ सुन्दरहरैचा ९ का १८ बर्षीय साहिम थापा मगर र इटहरी ४ का २० बर्षीय स्नेहा सुब्वाको इटहरी नितान्त किल्निकमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।