पूर्वराजा वीरेन्द्रको शालिक राख्न खोज्दा झडप, प्रहरीद्वारा हवाई फायर

न्युजलय १९ जेठ २०७९, बिहिबार ०५:५० मा प्रकाशित

नेपालगञ्ज । नेपालगञ्जस्थित धम्बोझीमा पूर्व राजा वीरेन्द्र वीरविक्रम शाहदेवको शालिक राख्न खोज्दा झडप भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई दर्जन बढी हवाई फायरसँगै अश्रु ग्यास प्रहार गरेको छ ।

राष्ट्रबादी युवाको समूहले धम्बोझी चोकमा पूर्व राजा वीरेन्द्रको शालिक राखेपछि भएको झडपका क्रममा प्रहरीले हवाई फायर सँगै अश्रु ग्यास प्रहार गरेको हो ।

यूवाको समूहले पूर्वराजा वीरेन्द्र शाहको वंश नाश हुने गरी भएको दरवार हत्याकाण्डकै दिन नेपालगञ्जस्थित धम्बोझी चोकमा राखेको वीरेन्द्रको शालिकलाई प्रहरीले धरपकड गरी झिकेर लगेको बताइएको छ ।

यसअघि नेपालगञ्जको त्रिभुवन चोकमा पनि सोही समूहले पूर्व राजा त्रिभुवनको शालिक राखेको थियो । प्रहरी र प्रशासनले उक्त शालिक हटाउने प्रयास गरे पनि सर्वसाधारणले चर्को विरोध गरेपछि पछाडि हटेको थियो । धम्बोझी चोकलाई अहिले प्रहरीले कब्जामा लिएर आवतजावत समेत रोकेको छ ।