इटहरी । प्रदेश १ मा सञ्चालन भएको कोभिड विरुद्धको खोप अभियान प्रभावित हुने भएको छ ।
भेरोसेल खोपका लागि सिरिन्ज अभावले खोप कार्यक्रम प्रभावित बन्ने अवस्था आएको प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरले जनाएको छ।
केन्द्रमा हाल ३ लाख १२ हजार डोज भेरोसेल खोप मौज्दात छ । तर सिरिन्ज अभावमा त्यो खोप दिन सकिएको छैन।
‘केन्द्रमा १० हजार वटा मात्र सिरिन्ज छ’, प्रमुख चन्द्रकान्त ठाकुरले भने, ‘२–४ दिन सम्ममा सिरिन्ज नआए भेरोसेल खोप कार्यक्रम नै रोकिने स्थिती आउँछ।’
यसैबीच प्रदेश १ का सुनसरी, मोरङ र झापाबाहेकका ११ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप बिहीबार बाट लगाइँदैछ।