क्रिसमस मनाउन गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा

न्युजलय ८ पुस २०८०, आइतबार ०१:२७ मा प्रकाशित

मकवानपुर । मकवानपुरको एउटा गाउँपालिकाले क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आइतबारदेखि मंगलबारसम्म बिदा दिएको हो । 


कार्यपालिकाको बैठकबाटै तीन दिन बिदा दिने निर्णय भएको हो । सोमबार क्रिसमस र मंगलबार उधौली पर्वको सार्वजनिक बिदा पर्ने हुँदा कार्यपालिका बैठकबाट आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय भएको बताइएको छ ।


गाउँपालिकाभित्र ४६ प्रतिशतभन्दा बढी मानिसहरूले इसाई धर्म मान्छन् ।