उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकामा गठबन्धनले एमालेलाई पराजित गरेको छ । गठबन्धनको तर्फबाट माओवादीले गाउँपालिका अध्यक्ष जितेको छ ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार गाउँपालिका अध्यक्षमा वीरेन्द्र कुमार मगर विजयी भएका हुन् । उनले ४ हजार ३०५ मत प्राप्त गरे । प्रतिष्पर्धी एमालेका भरत बहादुर थापाले ३ हजार ३४६ मत प्राप्त गरे ।
उपाध्यक्षमा गठबन्धनको सहयोगमा कांग्रेस विजयी भयो । कांग्रेसका भुपीन्द्र बहादुर थापाले ३ हजार ६९९ मत प्राप्त गर्दा एमाले उमेदवार कुमारीज्यु ठकुरीले ३ हजार ९३ मत प्राप्त गरिन् ।