रवि लामिछानेले छाडे ग्यालेक्सी टीभी

न्युजलय २ असार २०७९, बिहिबार ०८:२९ मा प्रकाशित

काठमाडौँ । सञ्चारकर्मी  रवि लामिछानेले बिहीबारदेखि लागू हुनेगरी ग्यालेक्सी फोर के टेलिभिजन छोडेका छन्।

उनले आजैका मितिदेखि राजनीतिमा प्रवेश गरेको जनाएका छन् ।

ग्यालेक्सीको कार्यालयमा आयोजित विदाई कार्यक्रममा टेलिभिजनका कर्मचारीहरुसँग बोल्दै लामिछानेले अहिलेसम्म जनताको समस्या सुनेको र अब भने समस्या समाधान गर्ने भूमिकामा जान चाहेको बताए।

लामिछाने कुनै दलमा आवद्ध भइसकेका छैनन्। उनले नयाँ दल खोल्छन् वा स्वतन्त्र उम्मेदवारी दिन्छन् भन्ने खुलेको छैन।

यसबीचमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग केही चरण वार्ता भए पनि उनी  प्रवेश गर्न तयार नभएको राप्रपाका एक नेताले बताए ।