काठमाडौँ । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा चार सय रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ५८ हजार आठ सय रुपैयाँमा कारोबार भएका आजका लागि एक लाख ५९ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य भने स्थिर छ । आइतबार प्रतितोला एक हजार नौ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण गरिएको छ ।