मेक्सिको पठाइएका पाँच जना अफगान नागरिक नेपाल फिर्ता

न्युजलय १६ कार्तिक २०७८, मङ्गलबार ०९:२९ मा प्रकाशित

काठमाडौं । नेपालबाट मेक्सिको पठाइएका पाँच जना अफगान नागरिकलाई श्रीलंका सरकारले फिर्ता पठाइदिएको छ । विभानस्थलमा शरणार्थी भएको पुष्टि भएपछि श्रीलंका सरकारले नेपालबाट गएका श्रीमान श्रीमतीसहित पाँच जनाको परिवारलाई नेपाल नै फर्काइदिएको हो ।


विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेशनाथ बास्तोलाकाअनुसार उनीहरूलाई अहिले अध्यागमन विभागमा राखिएको छ । 


केहीदिनअघि भारतको बाटो हुँदै नेपाल प्रवेश गरेका ११ जना अफगान नागरिकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो । उनीहरूमध्ये पाँच जनासँग मेक्सिकोको भिसा रहेको पाइएपछि उनीहरूलाई मेक्सिको पठाइएको थियो ।