ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुग्यो

न्युजलय १२ असार २०८०, मङ्गलबार ०८:१२ मा प्रकाशित

काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ । 

डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की पक्राउ परेसँगै मंगलबार(आज) पक्राउ पर्नेको संख्या ६ पुगेको बताइएको छ ।

यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले  भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।