थप ३९३ जनामा कोरोना संक्रमण

न्युजलय २० पुस २०७८, मङ्गलबार ०९:४७ मा प्रकाशित

काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३९३ जना संक्रमित थपिएका हुन्। ९ हजार ३२९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

७ हजार ७९४ जनाको पिसिआर परीक्षण र १ हजार ५३५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। २६३ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ।