नेप्से परिसूचक १२.१७ अंकले घट्यो

न्युजलय २० कार्तिक २०८२, बुधबार ०३:३४ मा प्रकाशित

काठमाडौं । बुधबार नेप्से परिसूचक १२.१७ अंकले घटेर २६०७ विन्दुमा आइपुगेको छ । 

यसदिन कारोबार रकम भने घटेको छ। मंगलबार पाँच अर्ब १५ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार चार अर्ब ६८ करोड रूपैयाँको कारोबार भएको हो।  

कारोबारमा आएकामध्ये होटल र सामूहिक लगानी कोष समूह मात्रै घटेका छन्।