त्रिशूलीमा नदीमा खस्यो ट्रक

न्युजलय २८ साउन २०७९, शनिवार ०४:४० मा प्रकाशित

काठमाडौं ।  चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट इँटा बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ट्रक त्रिशूलीमा खसेको हो।

मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको हो। ट्रक पूर्णरूपमा डुबेको अवस्थामा रहेकाले नम्बर र कति जना सवार थिए भन्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ। 

घटनाको थप जानकारी आउँन बाँकी छ।