रंगेलीका मेयर, उपमेयरसहित ४ हजार ७ सय १० जना एमालेमा प्रवेश

न्युजलय २५ फाल्गुण २०७८, बुधबार ०८:५४ मा प्रकाशित

विराटनगर । मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । 

माओवादी केन्द्रबाट निर्वाचित मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमार खनाललाई  एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार(आज) रंगेलीमै एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन् । 

मेयर, उपमेयरसहित ४ हजार ७ सय १० जना पार्टी प्रवेश गरेको बताइएको छ । पार्टी प्रवेश गर्नेमा रंगेली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मण्डल र वडा नम्बर १ का महेशकुमार खनालसमेत रहेका छन् । 

एमालेमा प्रवेश गरेका अध्यक्ष मण्डल र खनाल पनि माओवादी केन्द्रबाटै निर्वाचित भएका थिए ।