धरानमा स्कुलको बसले ठक्कर दिँदा अटो चालकको मृत्यु

न्युजलय २६ मङ्सिर २०८२, बिहिबार ११:२१ मा प्रकाशित

धरान । धरानमा विष्णु मेमोरियल स्कुलको बसले ठक्कर दिँदा अटो चालकको मृत्यु भएको छ ।

धरान–१९ मिलनचोकस्थित भित्री सडक खण्डमा बुधवार भोटेपुलतर्फ आउँदै को १ क ७८२ नम्बरको विष्णु मेमोरियल स्कुलको बसले विपरीत दिशाबाट जाँदै गरेको को १ ह ८७७४ नम्बरको अटोलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा अटो चालक सोही स्थानका २४ वर्षीय निमेष भुजेलको मृत्यु भएको हो । अटोमा सवार धरान–१९ का ४८ वर्षीय टीकाराम लिम्बू घाइते भएका छन् ।

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न स्कुल बस, अटो तथा बस चालक धरान–१४ का २९ वर्षीय अमिर तामाङलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।