विवेकशील साझा पार्टीबाट रञ्जु दर्शनाले दिइन् राजीनामा

न्युजलय ८ पुस २०७८, बिहिबार ०५:३१ मा प्रकाशित

काठमाण्डौ । विवेकशील साझा पार्टीकी बागमती प्रदेश संयोजक रञ्जु दर्शनाले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएकी छन्।

पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई बिहीबार(आज) पत्र लेख्दै आफू पार्टीसँगको यात्रामा पूर्णविराम लगाउने निर्णयमा पुगेको दर्शनाले बताएकी छन्।

उनले पत्रमा भनिएको छ, ‘२०७० बाट सुरू भएको राजनीतिक यात्रामा कैयौं उताव चढावहरू आए जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ। तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोंग पाएँ। 

वैकल्पिक राजनीतिक पार्टीको खोलमात्र ओढेको विवेकशील साझा पार्टीमा आफ्नो समय, ऊर्जा केही पनि दिन नसक्ने नसकने भन्दै आफू पार्टीसँगको यात्रामा पूर्णविराम लगाउने निर्णयमा पुगेको उनले बताइन्।