‘आफूले प्रदेशको नाम राख्न नसक्ने, दोष मलाई दिने’: मुख्यमन्त्री राई

न्युजलय ७ भदौ २०७९, मङ्गलबार ०९:१२ मा प्रकाशित

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नेकपा एमाले नेतृत्वको संघीय सरकार र प्रदेश सरकारले प्रदेशको नाम राख्न नसकेको तर त्यसको दोष आफूलाई दिने गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश १ को नामाकरण टुंगो लगाउन नसकेर प्रदेशलाई नै जिम्मा लगाएको भन्दै उनले अहिले दोष आफुलाई मात्र दिनु गलत भएको बताएका छन् ।

यसअघिका सरकारले पहिचानका आधारमा प्रदेशको नामाकरण गर्ने कुरा पहिल्यै उठिसकेको भन्दै आलोचना खेप्न नसकेर अरुलाई जिम्मा लगाएको उनले दाबी गरे ।