हृयदेश त्रिपाठीले जनता प्रगतिशील पार्टी घोषणा गर्दै

न्युजलय २४ मङ्सिर २०७८, शुक्रबार ०७:३६ मा प्रकाशित

काठमाडौँ । सांसद हृयदेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन्। पूर्व स्वास्थ्यमन्त्री समेत रहेका त्रिपाठीले आफ्नो नेतृत्वमा जनता प्रगतिशील पार्टी घोषणा गर्ने तयारी गरेका हुन्।

त्रिपाठीले आगामी २८ गते नयाँ पार्टी घोषणाको कार्यक्रम राखेका छन्। सोही दिन पार्टीको नाम, झण्डा र राजनीतिक दस्तावेज सार्वजनिक गर्ने त्रिपाठीको तयारी रहेको छ। 

त्रिपाठी, विजेशकुमार गुप्ता लगायतका तत्कालीन राजपाबाट अलग भएका नेताहरुले २०७४ को चुनावमा स्वतन्त्र राजनीतिक समूह बनाएका थिए। एमालेसँग तालेमल गरेका उनीहरुले सूर्य चुनाव चिन्ह लिएर चुनाव लडेका थिए।