आजको सुनचाँदीको भाउ

न्युजलय ८ माघ २०८०, सोमबार १२:१२ मा प्रकाशित

काठमाडौँ । सोमबार (आज) सुनचाँदीको मूल्य स्थिर छ । आइतबारकै मूल्य अर्थात् सोमबार बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदी प्रतितोला १ हजार ३९० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन समेत चाँदी प्रतितोला सोही मूल्यमा किनबेच भएको थियो ।