एजेन्सी । युक्रेन संकट तत्कालको लागि टरेको छ । युक्रेनको सीमामा पुगेका झन्डै १ लाख ३० हजार बढी रूसी सैनिकमध्ये केही आफ्नो ब्यारेकमा फर्किन थालेपछि संकट टरेको अनुमान गरिएको हो ।
रूसी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले रूसी सैनिकहरू ब्यारेकमा फर्किन लागेको उल्लेख गरेको छ । केही समयदेखि रूसी सैनिकले युक्रेनलाई घेरेपछि रूसले आक्रमण गर्न लागेको भन्दै संसारभरिको ध्यान युक्रेनमा केन्द्रीत भएको थियो । खासगरी अमेरिकाले प्रत्याक्रमण गर्नसक्ने अनुमान गरिएको छ ।
रूसले भने युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै योजना नरहेको बताउँदै आएको थियो।
रूसी सैनिकले तीनतिरबाट युक्रेनलाई घेरेपछि पश्चिमा मुलुकहरूले सैन्य र कूटनीतिक दुबै रणनीति अपनाएका थिए। अमेरिकी युक्रेनका छिमेकी नेटो सदस्य राष्ट्रहरूमा सैनिक थपेको थियो भने मस्कोसँग कूटनीतिक कुराकानीलाई पनि तीव्रता दिएको थियो ।