पूर्वका व्यापारी राष्ट्र बैंक अगाडि धर्नामा

न्युजलय ३१ फाल्गुण २०७८, मङ्गलबार ०६:४८ मा प्रकाशित

विराटनगर ।  ब्याजदर  घटाउन माग गर्दैै पूर्वका व्यापारी नेपाल राष्ट्र बैंक अगाडि धर्नामा बसेका छन् । 

कर्जाको ब्याजदर १० प्रतिशत कायम गर्नुपर्ने मागसहित मंगलबार मोरङ व्यापार संघको टोली राष्ट्र बैंकको प्रदेश नम्बर–१ को प्रादेशिक कार्यालय विराटनगर अगाडि धर्नामा बसेको हो ।

ज्ञापनपत्र बुझाउन जाँदा सुरक्षाकर्मीले रोकेपछि उनीहरू धर्नामा बसेका हुन् । निक्षेप ब्याज ६ प्रतिशत र कर्जाको ब्याजदर १० प्रतिशत कायम गर्नुपर्ने माग गर्दै मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल नेतृत्वको पदाधिकारी टोली राष्ट्र बैंकको कार्यालय पुगेको हो 

ज्ञानपपत्र बुझाउन गएको टोली धर्नामा बसेपछि राष्ट्र बैंक विराटनगर कार्यलयका प्रमुख समेत रहेकी निर्देशक मीना पाण्डेले ज्ञापनपत्र बुझेकी छन् ।