अफगानिस्तानका २ सहरमा बम विस्फोट, १६ जनाको मृत्यु

न्युजलय ९ बैशाख २०७९, शुक्रबार ०६:५५ मा प्रकाशित

काठमाडौं । अफगानिस्तानका दुई वटा सहरमा भएको बम विस्फोटमा परि १६ जनाको मृत्यु भएको छ । बाल्ख प्रान्तको मजार–इ–शरीफमा रहेको एक शिया मस्जिदमा विस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ । तालिबान सरकारका प्रवक्ता मोहम्मद आसिफ अन्सारीले विस्फोटमा परि घाइते भएका ३२ जनाको अवस्था गम्भीर रहेको बताएका रोयटर्सले जनाएको छ ।


त्यस्तै कुन्दुजमा भएको आक्रमणमा चार जनाको ज्यान गएको छ । त्यहाँ १८ जना घाइते भएका छन् । अफगानिस्तानमा तालिबान समूह सत्तामा फर्किएपछि बम आक्रमण तथा विस्फोटका घटना कमी भएका थिए ।


पछिल्लो बम आक्रमणको जिम्मा अफगानिस्तानको इस्लामिक स्टेट समूह (आईएसआईएस)ले लिएको खबरमा उल्लेख छ ।