काठमाण्डौ । मंगलबार (आज) सुनको भाउ ८ सय रूपैयाँले घटेको छ। सोमबार १ लाख १० हजार रूपैयाँमा कारोवार भएको सुन आज १ लाख ९ हजार २ सय रूपैयाँमा कारोवार भइरहेको छ।
साथै आज तेजावी सुन १ लाख ८ हजार ७ सय रूपैयाँमा कारोवार भइरहेको छ। यस्तै, चाँदीको भाउ आज घटेको छ। चाँदी १० रुपैयाँले घटेर तोलामा आज १ हजार ३ सय ६५ रुपैयाँमा कारोवार भइरहेको छ।