सुनको भाउ अहिलेसम्मकै उच्च

न्युजलय १८ असोज २०८१, शुक्रबार ११:५२ मा प्रकाशित

काठमाडौं । शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । 

लगातार बढिरहेको सुनको मूल्य आज अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँ बढेर एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।