राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

न्युजलय ८ असार २०८०, शुक्रबार ०९:२९ मा प्रकाशित

 काठमाडौं  । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी  निर्देशक प्रा. डा. रत्नमणि गजुरेलले विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका हुन् । 

विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था हाल सामान्य रहेको उल्लेख छ । राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया गरेर पेसमेकर राखिएको छ ।