काठमाण्डौ । जापानको टोकियो प्रिफेक्चरको ओगासावारा टापुमा मङ्गलबार ६.३ म्याग्निच्युडको भूकम्प गएको जापान मौसम विज्ञान निकायले जनाएको छ ।
स्थानीय समय अनुसार बिहान ६ः०९ बजे भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु २७.१ डिग्री उत्तर अक्षांश र १४२.५ डिग्री पूर्व देशान्तरमा र ७० किलोमिटर गहिराइमा थियो।
अहिलेसम्म सुनामीको चेतावनी जारी गरिएको छैन।