काठमाडौ । भरतपुरको ‘मेक्स मि ई–कमर्स’का सञ्चालक पुष्पराज तिमिल्सिना पुर्पक्षका लागि चितवन कारागार चलान भएका छन् । नेपाल राष्ट्र बैंकको नक्कली इजाजत बनाएर उनले एक हजार आठ सय जनाबाट करोडौं ठगी गरेका थिए ।
प्रहरी उपरीक्षक ओम अधिकारीले तिमिल्सिना विरुद्ध संगठित अपराधमा मुद्दा चलाइएको बताए । धरौटी बुझउन नसकेपछि अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको जानकारी दिए ।
तिमिल्सिनाले चितवनको भरतपुर महानगर– १० रिजालचोकमा अवैधरुपमा सञ्चालित मेक्स मि ई–कमर्स इन्टरनेशनलमा चितवनका १८ सय जनाले झण्डै ७ करोड रुपैयाँ बचत गरेका थिए । ठगीको सुचनापछि सञ्चालक पुष्पराज तिमिल्सिना मंसिर ६ गते पक्राउ परेका थिए ।
‘मेक्स मि’ मा अन्य दुई जना पनि संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको भए पनि पछि अनुसन्धान गर्दा उनीहरुलाई पनि तिमिल्सिनाले भ्रममा राखेर फसाएको पाइएको एसपी अधिकारीले जानकारी दिए ।