नयाँ दिल्लीको वायु गुणस्तरमा गिरावट

न्युजलय १३ कार्तिक २०७९, आइतबार ०८:३१ मा प्रकाशित

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीको वायु गुणस्तर सूचकाङ्क ‘एक्यूआई’ ३५० पुगेको छ । 

वायुको गुणस्तर मापन तथा मौसम पूर्वानुमान र अनुसन्धान प्रणालीसम्बन्धी काम गर्ने संस्था ‘सफर’ ले आइतबार बिहान रेकर्ड गरिएको दिल्लीको वायु गुणस्तर ‘अति खराब’ श्रेणीमा रहेको जनाएको छ ।

संस्थाका अनुसार समग्र दिल्ली क्षेत्रको एक्यूआई ३५० अर्थात् ‘अति खराब’ श्रेणीमा रहेको छ । दिल्ली विश्वविद्यालय क्षेत्र र पुसामा एक्यूआई क्रमशः ३७२ र ३४३ रहेको छ ।

नयाँ दिल्लीको वायुको गुणस्तरमा आएको गिरावटका कारण खासगरी इन्डिया गेट नजिकै काम गर्ने, साइकल यात्री र शारिरीक व्यायामका लागि बिहानमा पैदल यात्रा गर्ने व्यक्तिहरू प्रभावित भएका छन् ।