युक्रेनको राजधानीमा रहेको एक सपिङ सेन्टरमा रुसी सेनाको आक्रमण हुँदा ८ जनाको मृत्यु

न्युजलय ७ चैत २०७८, सोमबार ०७:५६ मा प्रकाशित

काठमाडौं । रुसी सेनाले युक्रेनको राजधानी किभको एक सपिङ सेन्टरमा गरेको आक्रमण ८ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरुले जानकारी दिएका छन्। 


रुसी सेनाले सोमबार दिउँसो राजधानी किभको पोडिलस्की जिल्लामा रहेको सपिङ सेन्टरमा आक्रमण गरेका हुन्। युक्रेनको आपतकालीन सेवाले सार्वजनिक गरेको एक भिडियोमा आक्रमण गरिएको सपिङ सेन्टरबाट ठूलो आगोको ज्वाला निस्किरहेको देखाएको थियो। 


विस्फोटको धक्का नजिकै रहेको अर्को भवनमा भएको बीबीसीले जनाएको छ। घटनालगत्तै दमकलहरुले आगो निभाउने र उक्त क्षेत्रमा फसेकाहरुलाई बाहिर निकाल्ने प्रयास गरिरहेको भिडियोमा देखाइएको छ। 


आक्रमणको घण्टौंसम्म पनि १० तले उक्त सपिङ सेन्टरका केही तलाहरुबाट आगो बलिरहेको देखिएको थियो।