काठमाडौं विश्वको सबैभन्दा प्रदूषित सहर

न्युजलय १२ असार २०८०, मङ्गलबार ०५:११ मा प्रकाशित

काठमाडौँ । काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ। 

‘वर्ल्ड अफ स्टाटिस्टि’ का अनुसार विश्वका प्रदुषित सहरको सूचीको पहिलो नम्बरमा काठमाडौं रहेको छ। प्रदूषित सहरको सूचीको दोस्रोमा मेसिडोनियाको टेटोभो र तेस्रोमा भारतको फरिदावाद रहेका छन्।

प्रदूषित सहरको शीर्ष १० भित्र भारतका तीन स्थान परेका छन्। नोइडा विश्वको आठौँ र गाजियावाद १०औँ स्थानमा रहेको छ।