उपसभामुख बनिन् कांग्रेसकी पुष्पा

न्युजलय ३१ असार २०७९, शुक्रबार ११:१२ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल निर्वाचित भएकी छन्। एमाले उम्मेदवार विद्या भट्टराईलाई पराजित गर्दै भुसाल निर्वाचित भएकी हुन्। 

भुसालले १४८ मत प्राप्त गरिन्। प्रतिद्वन्द्वी एमालेकी भट्टराईले ९३ मत ल्याइन्।

तुम्बाहाम्फेको राजीनामापछि खाली भएको उपसभामुख पद नेकपाभित्रको किचलो, संसद विघटन, नयाँ सत्ता गठबन्धनको निर्माण, बजेट निर्माण र स्थानीय निर्वाचनले करिब तीन वर्ष देखि रिक्त रहेको थियो ।