संघ र प्रदेशको चुनाव कात्तिक ३० वा मंसिर २ मध्ये एक

न्युजलय २२ असार २०७९, बुधबार ०३:०१ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति कात्तिक ३० वा मंसिर २ मध्ये एक निर्धारण हुने गरी प्रस्ताव गर्ने तयारी गरेको छ ।

बुधबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मिति प्रस्ताव गर्ने तयारी छ । 

दशैं तिहारको बीचमा मनोनयन दर्ता गर्ने गरी कात्तिक ३० गते वा मंसिर २ गते प्रस्ताव गर्न लागिएको हो । कात्तिक ३० वा मंसिर २ जुन मिति सिफारिस गरेपनि चुनाव भने एकै चरणमा गर्ने आयोगको निष्कर्ष छ । २०७४ मा भने दुई चरणमा चुनाव भएको थियो ।