बाबुराम भट्टराईलाई कोरोना संक्रमण

न्युजलय १२ माघ २०७८, बुधबार ०९:५५ मा प्रकाशित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ।

बुधबार(आज) आफूलाई संक्रमण देखिएको भट्टराईले जानकारी दिएका हुन् ।

उनले कोरोना संक्रमण भएको र अवस्था सामान्य रहेको जानकारी दिएका छन् । उनले केही समय यता निकट सम्पर्कमा आउएकाहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।