सुँगुरको मुटु प्रत्यारोपण गरिएका संसारकै पहिलो व्यक्तिको मृत्यु

न्युजलय २६ फाल्गुण २०७८, बिहिबार ११:४६ मा प्रकाशित

 काठमाडौँ। सुँगुरको मुटु प्रत्यारोपण गरिएका संसारकै पहिलो व्यक्तिको मृत्यु भएको छ। 

सुँगुरको मुटु प्रत्यारोपण गरिएका डेभिड बेनेटको प्रत्यारोपणको दुई महिनापछि अमेरिको बाल्टिमोरमा निधन भएको हो ।

घातक खालको मुटुको रोग लागेका ५७ वर्षीय  बेनेटलाई आनबंशिक परिवर्तन गरी सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो ।

यसअघि मुटु प्रत्यारोपण गर्नु अघि प्रत्यारोपण सफल हुने नहुने र भए पनि कति लामो समयसम्म काम गर्ने भन्ने कुनै ग्यारेन्टी थिएन ।