बालेनले मतान्तर १० हजार बनाए, स्थापितले ११ हजार कटाए

न्युजलय ५ जेठ २०७९, बिहिबार १२:०७ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले १०,११३ मतले अग्रता कायम राखेका छन् ।

पछिल्लो विवरणअनुसार ५४,६२१ मत गणना हुँदा बालेनले २१,१११ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले १०,९९८ र कांग्रेसकी सिर्जना सिंहले १०,१७३ मत पाएकी छन् ।