कराँची । भारी हिमपातका कारण पाकिस्तानको पञ्जाबस्थित पहाडी क्षेत्र मुर्रीमा १० बालबालिकासहित २१ जनाको मृत्यु भएको छ। कारमा बस्दाबस्दै ती मानिसहरुको मृत्यु भएको बताइएको छ। मृत्यु हुनेमा एकै परिवारका ६ जना र अर्को परिवारका ५ जना छन् ।
हिमपातले गर्दा उक्त क्षेत्रमा हजारभन्दा बढी पर्यटकीय सवारी साधन रोकिएका छन्।
हिमपातको आनन्द लिन गएका पर्यटकहरु सडकमा फसेका थिए। चार फिटसम्म अग्लो हिउँ परेपछि सडक बन्द भएको थियो। हिमपातमा रमाउन मुर्रीमा पछिल्ला दिन १ लाख बढी पर्यटक पुग्दा जाम भएको त्यहाँका गृहमन्त्री शेख रसिदले बताएका छन्। उक्त क्षेत्रमा अहिले पाकिस्तानी सेनाले रेस्क्यु अपरेसन चलाएको बताइएको छ।